१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल र जिम्बावे ‘ए’बीच हुने सिरिजको खेलतालिका सार्वजनिक


286
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे ‘ए’ सँग घरेलु मैदानमा खेल्ने सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ‘ए’ सँगको सिरिजको तालिका शुक्रबार सार्वजनिक गरेको हो । नेपाल र जिम्बावे ‘ए’ को सिरिज वैशाख १७ गतेबाट हुनेछ ।

नेपालले जिम्बावे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी–ट्वान्टी खेल खेल्नेछ । वैशाख १७ गतेबाट सुरु हुने एकदिवसिय सिरिजमा दोस्रो खेल वैशाख १९ र अन्तिम एकदिवसिय खेल वैशाख २१ मा हुनेछ ।

टी–ट्वान्टी सिरिजको पहिलो खेल भने वैशाख २३ गतेबाट सुरु हुनेछ । वैशाख २४ गते दोस्रो र वैशाख २६ गते अन्तिम टी ट्वान्टी सिरिज हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहनेछ ।

यी सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । एक दिवसीय खेल विहान ९ बजे सुरु हुनेछ भने टी–ट्वान्टी खेल दिउँसो १ बजे हुने क्यानले जनाएको छ ।