
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विदुर खड्कालाई दिइएको छ ।
सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । खड्कालाई ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।
खड्कालाई संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरू तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरू लगायतका विभिन्न सूचनाहरू प्रवाह गर्ने जिम्मेवारी दिइएको छ ।
सरकारले बुधबार मात्र केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा बढुवा गरेको थियो । उहाँ १९ दिनका लागि मात्रै सशस्त्रको प्रमुख हुनुहुनेछ । त्यसपछि ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्