१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना


156
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक  बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। शनिबार दिउँसो भने देशको पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली  रहनेछ ।

बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। शनिबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना महाशाखाले जनाएकाे छ ।