
ललितपुर । दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ ।
बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेको आश्राङ प्रहरी चौकीले जानकारी दिएको छ ।
शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन । प्रहरीका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आगो निभाउन जानसमेत समस्या भएको छ ।
आगो फैलँदा खैरेनी, प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २ सय ५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्