
फाइल तस्विर
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको दाबी गर्नुभएको छ ।
२४ फेब्रुअरीदेखि सुरु भएको युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उहाँले दाबी गर्नुभयो ।
‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उहाँले भन्नुभयो ।
मस्कोले गत महिना युद्धमा आफ्ना १ हजार ३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो ।
युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुवै पक्षले आ–आफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्