१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सिन्धुलीको सुनकोसीमा कांग्रेसले गठबन्धन नगर्ने, प्रदेश संयन्त्रलाई पठाइयो पत्र


247
Shares

सिन्धुली । सिन्धुलीस्थित सुनकोसी गाउँपालिकामा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने निर्णयसहित नेपाली कांग्रेसले जिल्ला र प्रदेशस्तरीय गठबन्धन संयन्त्रलाई औपचारिक पत्र पठाएको छ ।

सुनकोशी गाउँपालिकाका सात जना वडा सभापतिको संयुक्त बैठकले केन्द्रको निर्णयअनुसार गठबन्धन गर्न आवश्यक नभएको र एक्लै चुनावी मैदानमा भाग लिने भन्दै राजनीतिक संयन्त्रलाई पत्र पठाएका हुन् ।

सुनकोसी–५ का वडा अध्यक्ष अर्जुनविक्रम थापाको सभापतित्वमा बसेको वडा सभापतिहरूको भेलाले सो निर्णय गरेका हो ।

नेपाली कांग्रेस र अन्य राजनीतिक दलबीच गठबन्धनका साथै चुनावी अभियानमा जाने कुरा संघ, जिल्ला प्रदेशमा गाउँपालिकामा गठबन्धनसबन्धी छलफल भइरहेको भए पनि सुनकोसीले गठबन्धन नगर्ने निष्कर्ष निकालेको निर्णयमा उल्लेख छ ।

‘यस गाउँपालिका अन्तर्गतका वडा तथा गाउँपालिका गठबन्धनको पक्षमा नरहेको’ उल्लेख गर्दै वडा सभापतिहरूको निर्णयमा भनिएको छ, ‘हाम्रो गाउँपालिका तथा वडामा कुनै पनि पार्टीसँग गठबन्धन नगरी वडा तथा गाउँपालिकामा एकल उम्मेदवार हुने छन् ।’

निर्णयसँगै गाउँपालिका समिति, क्षेत्रीय समिति, जिल्ला समिति र प्रदेश स्तरीय संयन्त्रलाई औपचारिक रुपमा पत्र पठाएको हो ।

निर्णयमा क्रमशः १ देखि ७ सम्मका वडा सभापतिहरू रामकुमार श्रेष्ठ, विजय मोक्तान, बिशु सुर्यबंशी, हरिकुमार योञ्जन, अर्जुनविक्रम थापा, होमप्रसाद तिमिल्सना, उत्तमकुमार लामाले हस्ताक्षर गरेका छन् ।