
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलनले स्वास्थ्य सम्बन्धी अनुसन्धनात्मक उत्पादनलाई जनतामाझ पुर्याउनुपर्नेमा जोड दिएको छ ।
गत चैत्र २८ र २९ गते काठमाडौंमा बसेको सम्मेलनले छलफलमा उठाइएका विषयलाई नीति बनाएर स्वास्थ्यको क्षेत्रमा गरेका अनुसन्धानलाई सर्वसाधारण जनतामा पुर्याउनुपर्नेमा जोड दिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताउनुभयो ।
अब अस्पतालसम्बन्धी अध्ययन तथा अनुसन्धान हुन आवश्यक रहेको उहाँले बताउनुभयो । सम्मेलनमा विशेष गरेर क्लिनिकल ट्रायल परीक्षण गर्न सक्नेगरी विकास गनुपर्नेमा छलफल भएको उहाँको भनाइ छ ।
सदस्यसचिव ज्ञवालीले अनुसन्धान परिषद्लाई काम गर्न नसकेको भनेर मिथ्या आरोप लगाउन खोज्नु गलत भएकोसमेत बताउनुभयो ।
नेपालमा केही नीतिगत र कानूनी अड्चनको कारणले क्लिनिकल ट्रायल गर्ने उपयुक्त ल्याब तथा परीक्षण केन्द्र नहुँदा कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्ने लगायतका कुरामा पछि परेको उहाँको भनाइ छ ।
कोरोनाकालमा गर्न सकिने धेरै अध्ययन अनुसन्धान हुन नसके पनि अहिले अनुसन्धान परिषद्मा बजेटको हिस्सा बढेको र केही नीतिगत सुधार भएकोले आगामी दिनमा यसले गति लिने उहाँले बताउनुभयो ।
आठौं सम्मेलनमा करिव १० लाख अनुसन्धानकर्ता सहभागी बनेको र आगामी दिनमा अनुसन्धानप्रतिको चासो बढ्दै जाने कुरामा विश्वस्त रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्