
काठमाडौं । नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिले मेयरमा सात जनाको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको समिति बैठकले मेयरका लागि नागेश कोइराला, दीपक चापागाईं, इन्दिरा कार्की, डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली र गोपाल रेग्मीको नाम सिफारिस गरेको हो ।
कोइराला, चापागाईं र कार्की शेखर कोइराला पक्षका हुन् भने संग्रौला, अर्याल, पराजुली र रेग्मी संस्थापन समूहका मानिन्छन् ।
उपमेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।
कांग्रेसले विराटनगरमा गठबन्धन गर्न चाहेको छैन । २०७४ सालको निर्वाचनमा कांग्रेसबाट भीम पराजुली विराटनगरको मेयरमा निर्वाचित हुनुभएको थियो ।
२०७४ सालको निर्वाचनमा अरु दलले तालमेल गरे पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्