१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाल्पामा बालक मृत फेला


169
Shares

पाल्पा । जिल्लामा एक बालक मृत फेला परेका छन् ।

जिल्लाको बगनासकाली गाउँपालिका–८ घिमिरे डाँडामा ८ वर्षीय बालक मृत भेटिएका हुन् ।

सोही ठाउँकी सीता घिमिरेको छोरा शसी घिमिरे घर नजिकैको खोल्सामा शनिबार दिउँसो मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालक घिमिरे बौद्धिक अपाङ्ता भएको प्रहरीको भनाइ छ ।

गत चैत ३० गतेदेखि घरबाट हराएका घिमिरेलाई आफ्न्तले खोजतलास गर्दै जाँदा घर नजिकैको खोलामा रहेको पानीमा डुबेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।