१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु, सात घाइते


169
Shares

रौतहट । शनिबार राती रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका–१ का नरेश राउतको छोरीको विवाहको मटकोरमा सामुहिक गीत गाउने क्रममा माईकबाट करेन्ट लागेर उनकै ३० वर्षीय बहिनी सम्घरिया देवीको मृत्यु भएको हाे । उनको उपचारको क्रममा रौतहटको शिवदर्शन अस्पतालमा मृत्यु भएको छ ।

करेन्ट लागेर सोहि ठाउँका सिता देवी राउत, अनिता देवी राउत, मन्तोरिया देवी, मुनी राउत, केबला देवी, सुशिला देवी, र ७५ वर्षीय हिरिया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।