४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते


2.431k
Shares

काठमाडौं । काठमाडौंकाे दरबार मार्गमा बसको ठक्करबाट स्कुटर चालक संगिता खड्का गम्भीर घाइते भएकी छन् ।

नारायणहिटी दरबारको दक्षिण ढोका अगाडी मातातीर्थबाट कपनतर्फ गइरहेको यात्रुबाहक बसले आज (आइतबार) बिहान हात्तीसारतिरबाट आईरहेको स्कुटरलाई ठक्कर दिएको हो । बसको ठक्करबाट स्कुटर चालक संगिता खड्का गम्भीर घाइते भएकी छन् ।

उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बससँग ठोक्किएको स्कुटर बसमुनि घुसेको थियो । तर स्कुटर चाकल हाम्फाल्न सकेकाले उनको ज्यान बाचेको ट्राफिक प्रहरीले बताएको छ ।

प्रहरीले बसका चालकलाई नियन्त्रणममा लिएको छ ।