
काठमाडौं, चैत १४ । एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स उपलब्ध हुने भएको छ ।
एनसेलका सबै ग्राहकले प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्नसक्ने कम्पनीले जनाएको हो ।
कम्पनीले कोरोनाभाइरस रोग (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको ‘लकडाउन’को अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाइ नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको जनाएको हो ।
बोनस रकम तीन दिनसम्मका लागि मान्य हुने पनि कम्पनीले जनाएको छ ।
यस संकटको अवस्थामा एनसेल एक जिम्मेदार अत्यावश्यक सेवा प्रदायकको रुपमा आफ्ना सेवाहरु चुस्त र निरन्तर सुचालु राख्न प्रतिबद्घ रहेको पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्