२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


स्याङ्जामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ६ गम्भीर घाइते


962
Shares

काठमाडौं । स्याङ्जानको वालिङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

६ जना गम्भीर घाइते भएका छन । वालिङ नगरपालिकाको डाँडाखर्क भन्ने स्थानमा आज (आइतबार) बिहान साढे १० बजे जीप दुर्घटना भएको हो । जीपमा जम्मा १३ जना सवार रहेकोमा ६ जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।

स्थानीय बायाँटारीबाट जिल्लाकै पिंडीखोला जाँदै गरेको जीप उकालो बाटोमा दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।