
काठमाडौं । अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन आग्रह गरेको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्प शाहीका अनुसार एक साताअघि पर्यटकलाई यस्तो आग्रह गरिएको जानकारी दिनुभएकाे हाे । विमानस्थलमा रहेको एउटा मात्र एटिएम कार्डमा धेरै भिडभाड हुने भएकाले भिजा कार्ड र मास्टर कार्डबाट पैसा निकाल्न कठिन हुने भन्दै अध्यागमनले यस्तो आग्रह गरेको शाहीले बताउनुभयो ।
यहाँको एटिएमले कामै गर्दैन, हामीले राष्ट्र बैंकलाई पटक–पटक भनिसक्यौं तर एटिएम नबनेकाे शाहीकाे भनाइ छ । साथमा डलर नभएका पर्यटकलाई प्रहरीसहित पठाएर बाहिरका एटिएमबाट पैसा झिक्न लगाएर मात्रै भिसा दिनुपर्ने अवस्था आएपछि यस्तो अनुरोध गरिएको उहाँकाे तर्क छ । कोरोनाका कारण रोकिएको पर्यटक आवागमन पछिल्लो समय बढेको छ ।
पर्यटक बढे पनि पूर्वाधार नहुँदा पर्यटकले विमानस्थलमा सास्ती भोग्नुपरेको छ ।
प्रतिक्रिया दिनुहोस्