
काठमाडौं । रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौता विपरित काममा लगाएको पाइएको छ ।
साउदीस्थित नेपाली दूतावासले पछिल्लो दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको छ । दूतावासले सूचना जारी गर्दै रोजगारीका लागि त्यहाँ गएका युवाले काम र तलब नपाएको, तोकिए भन्दा बढी पैसा तिरेर गएको जनाउँदै युवाले दु:ख पाएको गुनासाहरू आएको बताएको छ ।
आफ्नै चिनजानका मानिस एनेन्ट बनेर ठगी गरेको घटना पनि धेरै देखिएको दूतावासको भनाइ छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्