
काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
वेम्बले रंगशालामा आइतबार राति भएको सेमिफाइनल खेलमा चेल्सीलाई विजयी गराउन रुबेन लोफ्टस चिक र मेसन माउन्टले एक एक गोल गरेका थिए । जितसँगै चेल्सी लगातार तेस्रो पटक एफ.ए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएकाे थियो ।
रुसी मालिक रोमन अब्रामोभिच बेलायत सरकारबाट प्रतिबन्धनमा परेसँगै व्यवस्थापकिय संकटको सामना गरिरहेको चेल्सीले मैदानभित्रको प्रदर्शनमा भने आफूलाई अब्बल साबित गरिरहेको छ । चेल्सीले अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्