१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज देशभरको मौसम कस्तो छ त ?


390
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

आज (सोमबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको छ। सोमबार राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।