
काठमाडौं । पोखरामा चुनावी तालमेलका विषयमा सत्ता गठबन्धनका दलहरुबीच खटपट भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले सिट बाँडफाँटमा आफूले सम्मान जनक भाग नपाए एक्लै चुनाव लड्ने चेतावनी दिएकाे छ । सिट बाँडफाँटको प्रस्तावमा असन्तुष्टि जनाउँदै (जसपा) का केन्द्रीय सदस्य समेत रहेका गण्डकी प्रदेशका उपाध्यक्ष आमोद कुमार थापा आइतबार बसेको सत्ता गठबन्धनको बैठकबीचमै छाेडेर हिँडेको बुझिएको छ । जसपाले पोखरा महानगरपालिकामा उपमेयर दावी गरेको छ ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका अध्यक्षमा पनि जसपाले दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्