
एजेन्सी । गम्भीर आर्थिक संकटका कारण अप्ठेरोमा परेका श्रीलंकाका राष्ट्रपति गोटाभाया राजपाक्षेले नयाँ मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । नयाँ मन्त्रीमण्डल १७ सदस्यीय रहेको छ ।
विपक्षी पार्टीका नेताहरूले नयाँ सरकार गठनको विरोध गर्दै अनुभव नभएकाहरूलाई सरकारमा सामेल गराएको आरोप लगाएको छ । सरकारविरोधी प्रदर्शनका कारण अप्रिलको पहिलो हप्तामा मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका थिए ।
राष्ट्रपति राजपाक्षेले सरकार गठनका लागि विपक्षी पार्टीसँग सहयोग मागेका थिए । यद्यपि विपक्षी पार्टीका असहयोगका कारण सरकार गठन हुन सकेको थिएन ।
विदेशी मुद्रा सञ्चितीको कमीका कारण श्रीलंकामा विद्युत कटौती भएको छ भने अत्यावश्यकीय वस्तुको अभावले संकट चुलिँदै गएको छ । जसका कारण सर्वसाधारणले राष्ट्रपतिको लगातार राजीनामा मागिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्