२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पहाडी भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना


182
Shares

काठमाडाैं। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

आज (मंगलबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मंगलबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश-१ लगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलबार बिहान भने देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार राती भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।  बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।