८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सगुनको सेयरमा लगानी गर्न समयसीमा थपियो (भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, असार २ । सोसल कमर्श साइट सगुनले अमेरिकन सेक्युरिटी एक्सचेन्जको स्वीकृतिमा बिश्वभरबाट लगानी जुटाउन निष्काशन गरेको सेयरमा लगानीको समयसीमा आगामी जुलाई २६ अर्थात साउन १० सम्म यथावत रहने जनाएको छ ।

सगुनका संस्थापक गोविन्द गिरीले एक नोट जारी गर्दै अमेरिकन सेक्युरिटी एक्सचेन्जले तोकेको अन्तिम समयसीमा जुलाई २६ सम्म नै बिश्वभरबाट लगानी गर्न सकिने जानकारी दिएका हुन् ।

लगानीको लागि पछिल्लो समयसीमा जुन १५ सम्म अर्थात असार १ सम्म तोकिएपनि अमेरिकन सेक्युरिटी एक्सचेन्जले दिएको अन्तिम समय जुलाई २६ सम्म नै अवसर दिन लागेको गिरीले बताए ।

उनले भनेका छन् सगुनलाई बिश्वभरबाट बिश्वास गरेर सयौको संख्यामा साथ र सहयोग प्राप्त भैरहेको छ । सेयरमा लगानी गरी स्वामित्व लिनेहरु पनि बढिरहेका छन् । 

हालसम्म बिश्वभरबाट हिन्दुस्तान टाइम्स सहित ३ हजार भन्दा बढी लगानीकर्ताले यो चरणको सगुनको सेयरमा लगानी गरिसकेका छन । सयमसीमा सकिन लाग्दा नयाँ लगानीकर्ता थपिदै गइरहेका छन् ।

मुख्य गरेर बिश्वभर छरिएका नेपाली र भारतीय समुदायको बिश्वास सगुनप्रति बढिरहेको कम्पनीले जनाएको छ ।

अझ भारतको नयाँ दिल्लीमा २०१८ को जनवरीमा एन्ड्रोइट एप सार्वजनिक भए पछि सगुनको प्रयोगकर्ताहरु उल्लेख्य मात्रामा बढिरहेको समेत सगुनले जानकारी दिएको छ ।

गिरीले भनेका छन् हामीले नयाँ दिल्लीमा जनवरी २०१८ मा सगुनको एन्ड्रोइड एपको सुरुवात गरेको दिनदेखि हाम्रो ‘पहिलो दिन’ सुरु भएको छ ।

यस वर्षभरि हामी सगुनको सेवालाई लाखौं प्रयोगकर्ताहरुको क्रियाकलापलाई धान्न सक्ने बनाउने तथा हाम्रा व्यवसायिक साझेदारहरुलाई उनीहरुको व्यवसायलाई सगुनमा चलाउन मिल्ने गरी एकीकृत गर्न केन्द्रित हुनेछौं ।

हाल सगुनका २५ लाखभन्दा बढी प्रयोगकर्ताहरु छन् र तिनीहरुको वृद्धि गर्न काम गरिरहेको सगुनले जनाएको छ। यसको साथै हामी प्रयोगकर्ताहरुको दैनिक जीवनमा सुधार गर्नको लागि आवश्यक पर्ने सेवा तथा प्रविधिको विकास गर्न ठूलो स्तरमा लाग्ने प्रतिवद्धता गिरीले व्यक्त गरेका छन् ।

केही समय अघि भारतीय चर्चित अभिनेत्री मन्दीरा वेदीले समेत सगुनमा लगानी गरेको भिडियो सार्वजनिक भए पछि बलिउडमा समेत यसको चर्चा चुलिएको थियो

सगुनमा लगानी गर्न चाहनेले सगुनको लगानी पेज www.sagoon.com/invest मा गएर त्यहा भएको लगानी सम्बन्धी फाराम भरेपछि प्राप्त मेलको आधारमा आफ्नो खाता भएको बैंकबाट वायर गरेर जुलाइ २६ सम्म लगानी गर्न सकिने सगुनले जनाएको छ ।

कतिपय देशबाट भने डेबिट र क्रेडिट कार्ड मार्फत समेत लगानी गर्न सकिने जनाइएको छ । नेपालभित्रबाट लगानी गर्न नसकिए पनि बिदेशमा बस्ने नेपालीहरुले भने सम्वन्धित देशमा बैंक खाता भएमा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

लगानी सम्बन्धी सम्पूर्ण जानकारी सगुनको इन्भेष्ट पेजमा भएको चौबिसै घण्टा जवाफ दिने लाइभ च्याटबाट समेत पाउन सकिने बताइएको छ।

नेपाली र भारतीयहरुको सहकार्यमा नयाँ सामाजिक सञ्जाल बनाएर दक्षिण एसियाबाट बिश्वको ध्यान खिच्ने लक्ष्य रहेको गिरीले बताएका छन् ।

हाल सगुनले अमेरिका, भारत र नेपालमा कार्यालय राखेर सोसल कमर्स साइड सगुनको निर्माण तथा प्रचार प्रसार गरिरहेको छ।

लगानीका लागि अन्तिम अवसरलाई सदुपयोग गर्न समेत गिरीले सबैलाई आह्नान गरेका छन् ।

अहिले लगानीको लागि प्रदान गरेको अमेरिकी डलर २३ प्रति कित्ता शेयरको अवसर भने साउन जुलाई २६ अर्थात १०, २०७५ बाट उपलब्ध नहुने गिरीले प्रष्ट पारेका छन् ।

अहिले २३ डलर प्रति शेयरका दरले कम्तिमा १ हजार डलर लगानी गर्नुपर्ने हुन्छ ।

बढीमा आफ्नो आम्दानीको १० प्रतिशतसम्म लगानी गर्न सक्ने कानुनी ब्यवस्था रहेको छ ।

सगुनका फाउन्डर गोबिन्द्र गिरीले सगुनको निष्काशित सेयर र सगुनको आगामी दिनको योजनाको बारेमा दिएको अन्तर्वाता: