१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अफगानिस्तानको विद्यालयमा तीन विस्फोट, चार जनाको मृत्यु


195
Shares

एजेन्सी । पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् ।

‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भने ।

विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन ।

नाम उल्लेख नगर्ने अस्पतालको नर्सिङ विभागका प्रमुखले विष्फोटमा कम्तीमा चार जनाको ज्यान गएको र १४ जना घाइते भएको बताएका छन् ।

तालिबानले अगस्टमा सत्ता हातमा लिएपछि उनीहरूले देश सुरक्षित रहेको बताउँदै आएका छन् । तर, अन्तर्राष्ट्रिय अधिकारी र विश्लेषकहरूले आतंकवादको पुनरुत्थानको जोखिम बाँकी रहेको जनाएका छन् ।