
फाइल तस्वीर
ओखलढुंगा । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय कमल मगर रहेका छन् ।
प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले यौन दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्