
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा डोल्पामा नेकपा (एमाले)बाट चुनाव जितेका दुई गाउँपालिका अध्यक्ष नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।
कर्णाली प्रदेश कमिटी सदस्य एवम् काईके गाउँपालिका अध्यक्ष अंगत राना र जिल्ला कमिटी सदस्य एवम् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले संविधान, संघीय लोकतन्त्र, गणतन्त्र लाई संस्थापन गर्न नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको जनाएका छन् ।
उनीहरूले एमालेमाथिको भरोसा टुटेका कारण नेकपा (एस) प्रवेश गर्नुपरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्