३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


देशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना


780
Shares

काठमाडाै‌ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

आज (बुधबार) बिहान हाल प्रदेश-१ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । पहाडी तथा हिमाली भू-भागमा आंशिक  बदली रहनेछ। अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, प्रदेश-१ का केही स्थानमा भने हल्का वर्षाको समेत सम्भावना रहेकाे छ ।

बुधबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। प्रदेश-१, मधेश प्रदेश, बागमती र  गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बुधबार राती भने  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।