१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारामा टेम्पोको ठक्करबाट महिलाको मृत्यु


195
Shares

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवामा बुधबार बेलुकी टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

ना १ ह ६०८२ नम्बरको टेम्पोले सडक पार गर्दे गरेकी स्थानीय ५० वर्षीया कौशिला देवीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको हो ।

टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।