
काठमाडौं । सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर बुधवार स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका वडानम्बर २ को निबुवाटारमा मंगलबार राती बोलेरो जीपको ठक्करबाट एक पैदलयात्री घाइते भएका थिए । बोलेरोले ठक्कर दिए पश्चात घाइते भएका ३९ वर्षीय जिय मोक्तान घिस्रदै घटनास्थलबाट १ सय मिटर पर रहेको मोहन कुमार अधिकारीको घरमा गएराती १२ बजे, पुगी घटनाबारे जानकारी दिएका थिए । घाईते उनलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका सिन्धुली प्रहरीले जनाएको छ । त्यही विषयलाई लिएर मृतकको परिवारलाई क्षतिपूर्ती र दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

पिपल भञ्ज्याङ भन्ने स्थानमा तीन चार घण्टादेखि सडक अवरुद्ध भएका कारण सवारी आवत जावतमा समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्