९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


दाहाल यज्ञनिधिको मृत शरीर शिक्षण अस्पताललाई दान


0
Shares

काठमाडौं, साउन २६ । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको पार्थिव शरीर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई दान गरिएको छ ।

दाहालकै चाहनाअनुसार परिवारले मृत शरीर शनिबार शिक्षण अस्पताललाई दान दिएका हुन् ।

यसअघि, शनिबारै उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मन्डिखाटारमा राखिएको थियो ।

वि.सं. २०५७ सालमा दाहालको मिर्गौलामा समस्या आएपछि प्रत्यारोपण गरिएको थियो ।

फेरेको मिर्गौलाले काम नगरेपछि २०६८ सालयता उनले नियमित डायलसिस गराउँदै आएका थिए ।

दाहालको निधन भने मस्तिष्कघातका कारण शुक्रबार ललितपुरको सुमेरु अस्पतालमा भएको थियो ।

६५ वर्षीय दाहाल २०१० सालमा खोटाङमा जन्मिएका थिए ।

रेडियो नेपालको चर्चित साहित्यिक कार्यक्रम प्रस्तोता दाहाल ‘जदौ’ शब्दका प्रचारक पनि थिए ।