१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (पत्रसहित)


2.041k
Shares

काठमाडौं । सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।

‘बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ, ६ महानगर र ११ उपमहानगरमा दलिय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेको छ,’ उहाँले भन्नुभयो, ‘सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति भएको छ ।’