२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बिम्स्टेक ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक : प्रशारणलाइन सम्बन्धी समझदारी कार्यान्वयनको प्रतिवद्धता


91
Shares

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठक सम्पन्न भएको छ ।

बैठकमा बिम्स्टेक मुलुकका करिव एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेको समस्या सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासमा स्पष्टता र उद्देश्यमा इमान्दारी अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो ।

यसखाले विचार–विमर्शले बिम्स्टेक क्षेत्रमा ऊर्जा सहयोग अभिवृद्धि गर्न योगदान दिने विश्वास व्यक्त गर्दै उर्र्जामन्त्री भुसालले ऊर्जाको लागि पर्याप्त वित्त परिचालनका साथै प्रविधि हस्तान्तरणलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो ।

जलवायु अनुकूलनका निम्ति किफायती, नवीकरणीय एवं दिगो ऊर्जा अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।

ऊर्जामन्त्रीस्तरीय बैठकले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेको छ । बैठकले ग्रिड इन्टरकनेक्शन कोअर्डिनेसन कमिटी (बीजीआईसीसी) स्थापना गर्ने निर्णय गरेको छ ।

त्यस्तै यसअघि भएको विद्युतीय प्रशारणलाइन सम्बन्धी समझदारी पत्रको कार्यान्वयन गर्ने पनि बैठकमा प्रतिवद्धता जनाइएको छ ।

एशियाली विकास बैंकको सहयोगमा कमिटिले बिम्स्टेक ग्रिड इन्टरकनेक्शन गुरुयोजना बनाउन बैठकले बीजीआईसीसीलाई निर्देश गरेको छ ।