
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सर्वाधिक सफल दुई टोली भिड्दै छन् ।
साविकको विजेता चेन्नई सुपर किंग्सले पाँच पटकको लिग विजेता मुम्बई इन्डियन्सको सामना गर्दैछ । मुम्बईको डी वाई पाटिल क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी पौने आठ बजे सुरु हुनेछ ।
आईपीएलमा १४ संस्करण सकिँदा यी दुई टोलीले ९ पटक उपाधि जितेका छन् । यी दुई टोली प्राय सबै संस्करणमा शीर्ष स्थानका ठूलो प्रतिष्पर्धी हुन् । तर, नयाँ संस्करणको जारी आईपीएलमा इतिहास फेरिएको छ ।
८ टिमको लिगलाई नयाँ २ टिम थप गरेर १० टिमको सहभागिता गरिएको यस आईपीएलमा लिगको मध्यतिर आइपुग्दा दुवै टोली संघर्षरत छन् । जारी लिगमा दुवै टोलीलले समान ६ खेल खेलिसकेका छन् ।
चेन्नईले १ खेलमा जित निकाल्दा ५ खेलमा पराजित हुँदै तालिकाको पुच्छारबाट दोस्रो स्थानमा छ । मुम्बई भने ६ खेलमध्ये कुनैमा पनि जित निकाल्न नसकेर इतिहासको खराब प्रदर्शन गर्दै तालिकाको पुच्छारमा छ ।ब
प्रतिक्रिया दिनुहोस्