१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


किभनजिकै ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका


182
Shares

एजेन्सी । युक्रेनको राजधानी किभ बाहिर बोरोद्यान्का सहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ ।

बोरोदायन्का सहरमा फेला पारिएकामध्ये केहीलाई यातना दिइएको एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘उनीहरूलाई कब्जा गर्ने मानिसहरूले मारेका थिए र केही शवमा यातनाको संकेत देखिन्छ, मारिएका सबैजना सर्वसाधारण हुन्,’ किभ क्षेत्रका प्रहरी प्रमुखले भन्नुभयो, ‘कुनै प्रतिरोध नगर्ने नागरिकहरूलाई रुसी सेनाले रूसी सेनाले जानाजानी गोली हाने ।’