२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कर्णालीमा थप सात दिन सार्वजनिक बिदा


325
Shares

सुर्खेत । कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो ।

धान दिवसको बिदा १५ असारमा जुम्लाबाहेकका नौ जिल्लामा मात्रै लागु हुनेछ भने जुम्लामा १२ चैतमा बिदा हुनेको छ ।

साउने संक्रान्ति तथा देउडा पर्व १ साउनमा, नाग पञ्चमी १७ साउनमा, प्रदेश स्थापना तथा सहिद दिवस ४ भदौमा, कोजाग्रत पूर्णिमा २३ असोज, रामनवमी १६ चैतमा र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र बिदा दिने निर्णय गरिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर बिदा सार्वजनिक गरेको हो ।