
काठमाडौं । दोेस्रो सातामा प्रदर्शनरत फिल्म ‘ए मेरो हजुर ४’ले ४ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।
बिहीबार निर्माण टीमले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले ४ करोड १० लाख रुपैयाँको कुल आम्दानी गरेको हो ।
फिल्मको आम्दानी सार्वजनिक गर्दै चलचित्रका निर्देशक झरना थापाले साथ दिने दर्शकलाई धन्यवाद दिएकी छन् ।
सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ । फिल्म वैशाख १ गते प्रदर्शनमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस्