
काठमाडाैं । हाल नेपालमा बिहार र पश्चिम बंगालमा आसपास रहेको न्यून चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको समेत प्रभाव रहेको छ।
आज (शुक्रबार) बिहान हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश- १ का साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । शुक्रबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ । गण्डकी प्रदेश, बागमती, प्रदेश-१ र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । शुक्रबार राती भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
साथै प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्