
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) बस्ने भएकाे छ ।
शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु तय गर्ने विषयमा छलफल हुनेछ । आफ्नो भागमा परेका महानगरहरु र उपमहानगरहरुका प्रमुख तथा उपप्रमुखहरुको टुंगो लगाउने सम्भावना रहेको बुझिएको छ । त्यस्तै घोषणापत्रलाई अन्तिम रुप पनि दिइने बताइएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्