२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

प्रिमियर लिग खेलमा बर्नलीकाे जित


91
Shares

काठमाडौं । प्रिमियर लिगको क्लब बर्नलीले बिहिबार राति भएको खेलमा साउथ ह्याम्टनमाथि २–० को जित निकालेको छ ।

रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको बर्नलीले बिहिबार आफ्नै मैदानमा भएको खेलमा महत्वपूर्ण जित निकालेको हो । यो जितसँगै रेलिगेशन जोनमा रहेको बर्नली शीर्ष डिभिजनमै टिक्ने सम्भावना जिवितै देखिएको छ । अन्तरिम प्रशिक्षक माइक जोनसनको नेतृत्वमा बर्नलीले आक्रमक खेल पस्किएकाे थियो ।

साे सिजनमा मात्र ५ जित दर्ता गरेको बर्नली रेलिगेशनबाट माथि रहेको एभर्टनसँगको दूरी एक अंकमा झारेको छ । कोनर रोबर्टसदले अग्रता दिलाएको खेलमा नाथन कोलिन्सले पहिलो हाफको अन्तिम समयमा अग्रतालाई दोब्बर बनाएका थिए।साे टोलीले प्राप्त अग्रतालाई दोस्रो हाफमा पनि जोगाउन सफल रह्यो । साउथ ह्याम्टन ३९ अंकसहित तालिकाको १३ औं स्थानमा रहेको छ ।

साथै बर्नली भने २८ अंकसहित तालिकामा पुछारबाट तेस्रो स्थानमा रहेकाे छ ।