
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो ।
गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ । जस कारण माओवादीले उपमेयरमा मात्र नाम सिफारिस गरेको हो ।
प्रतिक्रिया दिनुहोस्