
एजेन्सी । रुस युक्रेन युद्ध भएको ५८औं दिन पुग्दा युक्रेनतर्फ ठूलो मात्रामा भौतिक र मानविय क्षति भएको छ ।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युवाहरूलाई युद्धमा होमिन जारी गरेको उर्दीकाबीच युक्रेनमा ठूलो मानवीय क्षति भएको हो ।
केही समयअघि बुचा शहरमा नरसंहार मच्चाएको रुसी सेनाले पछिल्लो समय राजधानी कीभ लक्षित आक्रमण बढाएको छ ।
सेनामा रहेका आफना छोरा गुमाउनुपर्दा एक युक्रेनी महिलाको कारुणिक पीडा सहितको भिडियो सार्वजनिक भएपछि विश्वजगत स्तब्ध भएको छ ।
त्यतिमात्र हैन युद्धकाबीच आफनो घरबाट निस्केका बालक रुसी सेनाको शिकार भएको भन्दै युक्रेनी नागरिकले गरेको रुवाबासीको दृश्यले विश्वको ध्यान खिचेको छ ।
रुस र युक्रेनबीच युद्धमा बुचा शहरमा जस्तै कीभमा पनि यत्रतत्र फैलिएका शवहरूको सामुहिक दाहसंस्कार गरिएको छ ।
रुसले पछिल्लो समय मरिउपल शहर नियन्त्रणमा लिएपछि त्यहाँको स्थिति पनि यस्तै हुने आंकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्