
सोलुखुम्बु । जिल्लाका आठ स्थानीय तहमध्ये एक पालिकामा मात्र चुनावी तालमेल हुने भएको छ ।
चारदलीय गठबन्धनको बैठकले जिल्लाको माप्य दूधकोशी गाउँपालिकामा मात्र गठबन्धन गर्ने निर्णय गरेको संयोजक नेपाली कांग्रेस सभापति नाम्गेलजाङ्बु शेर्पाले नाजकारी दिनुभयो ।
गठबन्धन भएको पालिकामा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूमा कुन पार्टीको उम्मेदवार बनाउने भन्ने जिम्मा स्थानीय समितिलाई दिने निर्णय समेत गरिएको छ ।
नेचासल्यान, सोताङ, महाकुलुङ, थुलुङ दूधकोशी, लिखुपिके गाउँपालिका, खुम्बुपासाङल्हमू गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकामा आ–आफ्नै उम्मेदवार उठाउने र गठबन्धनका दल बाहेक तालमेल गर्न नपाइने निर्णय गरिएको छ ।
यसअघिको निर्वाचनमा नेचासल्यान र सोताङमा एमाले, थुलुङ दूधकोशी, महाकुलुङ र लिखुपिकेमा नेकपा (माओवादी केन्द्र) र सोलुदूधकुण्डमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका थिए ।
जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)को हकमा जनमत रहेको वडा तहमा समायोजन गर्ने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्