
काठमाडौं । स्थानीय तहका उम्मेदवारको टुंगो लगाउन शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।
दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा तय बैठक अचानक स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने टुंगो लागेको छैन ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा महामन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरूसँग उम्मेदवारका विषयमा छलफल गर्नुभएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उमेदवारी दर्ताको मिति तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्