१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जिम्बावेविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा, मल्ल र भेषावकर समेटिएनन्


520
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले जिम्बावेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले जिम्बावेविरुद्ध हुने एकदिवसीय र टी–ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो ।

सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी छन् ।

यस्तै, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला पनि टिममा समेटिएका छन् ।

टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल तथा सिनियर खेलाडी शरद भेषावकर समेटिएका छैनन् । यसअघि पपूवा न्यूगिनीविरुद्धको एकदिवसीय सिरिज र मलेसियासहितको त्रिदेशीय टी–ट्वान्टी सिरिजमा पनि क्यानले मल्ल, भेषावकर र विनोद भण्डारीलाई बाहिरै राखेको थियो ।

नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिज वैशाख १७ गतेदेखि २६ गतेसम्म चल्नेछ । नेपालले जिम्बावे ‘ए’ सँग तीन वटा एकदिवसीय र तीन टी–ट्वान्टी खेल खेल्नेछ ।

१० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।