१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सोमालियामा एक रेष्टुरेन्टमा बिस्फोट हुँदा ६ जनाको मृत्यु, ७ घाइते


117
Shares

काठमाडौं । सोमालियाको एक रेष्टुरेन्टमा भएको बिस्फोटमा ६ जनाको मृत्यु भएको छ ।

सोमालियाका प्रहरी प्रमुख र विधायकहरु बसेको मागादिसुको समुद्री किनारमा रहेको रेष्टुरेन्टमा भएको बिस्फोटमा परेर ७ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । साँझको समयमा भएको बिस्फोटमा प्रहरी प्रमुखसहित सरकारी अधिकारीहरु भने सकुशल रहेको बताइएको छ ।

मोगादिसुको दक्षिणी क्षेत्रमा रहेको सो रेष्टुरेन्टमा सरकारी अधिकारीहरुको भीड लाग्ने गरेको छ । घटनाको कारण थाहा नभएपनि रेष्टुरेन्टभित्रै आक्रमणकारीले बिस्फोट गराएको प्रहरीको दावी छ ।

सोमालियाको संसदलाई लक्षित गरी नवनिर्वाचित विधायकहरु बैठकमा भेला भएको बेला सो आक्रमण भएको हो ।