
काठमाडौं । दिल्ली क्यापिटल्सलाई हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपिएल) को शीर्षस्थानमा उक्लिएको छ ।
राजस्थानले शुक्रबार राती दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै १० अंकका साथ शीर्षस्थानमा उक्लिएको हो ।
जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनायो ।
दिल्लीका कप्तान ऋषभ पन्तले ४४, ललित यादव र पृथ्वी शाले ३७, रोमन पोविलले ३६ तथा डेविड वार्नरले २८ रन बनाए ।
राजस्थानका प्रसिद्ध कृष्णले ३, रविचन्द्रन आश्विनले २ तथा युजभेन्द्र चाहल र ओबेद मककायले एक/एक विकेट लिए ।
यसअघि राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो ।
राजस्थानका जस बटलरले १ सय १६, देवदत्त पाडिक्कले ५४ तथा कप्तान सञ्जु सामसनले अविजित ४६ रन बनाए ।
दिल्लीका मुस्ताफिर रहमान र खलिल अहमदले समान एक/एक विकेट लिए ।
राजस्थान रोयल्स १० अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ६ अंक सहित तालिकाको छैटौं स्थानमा यथावत छ ।
प्रतिक्रिया दिनुहोस्