३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


विवाह बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा सिवाकोटी


2.106k
Shares

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी बैबाहिक जीवनमा बाँधिएकी छन् । वर्षाले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन् ।

उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग बिहे गरेकी हुन् ।

उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामीले परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ। हामी नयाँ जीन्दगीको सुरूआत गर्न गइरहेका छौं । तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद । सप्रेम’ आशिष र वर्षा ।

फिल्म ‘नाईं नभन्नू ल २’बाट अभिनेत्रीको रुपमा सुखद् डेब्यू गरेकी वर्षाले करिअरको छोटो अवधिमा दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् ।