१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकीकृत समाजवादीले महानगर र उपमहानगरका उम्मेदवार टुंग्यायो, कहाँ काे ?


1.365k
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ ।

जसअनुसार पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने भएको छ । आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति भएको छ । हेटौंडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ बनाउने निर्णय पार्टीले गरेको छ ।

यस्तै, तुलसीपुर उपमहानगर उपप्रमुख जोगबहादुर राना र इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीले सबै नाम सर्वसम्मत चयन गरिएको र आइतबार उम्मेदवारी मनोनयन गर्ने जनाएको छ ।