१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्य शतर्कता अपनाउन विज्ञको अपिल


611
Shares

काठमाडौं । मौसम अनुकुल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरूले विशेष शतर्कता अपनाउन जोड दिएका छन् ।

जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानवस्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरूले शतर्कता अपनाउन जोड दिएका हुन् ।

अल्का अस्पतालका जेनेरल फिजिशियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

डा. पाण्डेले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले शतर्कता अपनाउन अनुरोध गर्नुभयो । मौसम परिवर्तका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका समस्या देखिरहेको भन्दै सचेत हुन आग्रह गर्नुभयो ।

पछिल्लो समय काठमाडौंसहित अन्य शहरी क्षेत्रको वातावरण स्वास्थ्यवद्र्धक नरहेको विज्ञहरूले बताउँदै आएका छन् ।