
सुनसरी । धरान उपमहानगरपालिका वडा नम्बर ४ का निर्वाचित वडाध्यक्ष मानबहादुर राई नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समावजादी) प्रवेश गर्नुभएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट ६ सय ४५ मत ल्याई विजयी हुनुभएका राई शनिबार धरान उपमहानगरपालिकामा राजीनामा पत्र बुझाएर प्रेस विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी गराउनुभएको हो ।
राईले समाजवादी पार्टीको तर्फबाट वडाध्यक्षमा पुनः आफ्नो दाबी रहने बताउनुभयो । बत्तीमुनिको अँध्यारो रहेको वडालाई अझै विकास गर्न आवश्यक रहेको बताउँदै राईले यसपालिको निर्वाचनमा सहजै जित निकाल्न सकिने दाबी गर्नुभयो ।
राईले एमाले अध्यक्ष केपी ओलीले कामभन्दा बढि गफ गरेको र पार्टीमा योगदान गर्नेहरूलाई फाखा लागाउन लागि परेकाले एमाले छाड्नुपरेको बताउनुभयो ।
धरानमा सत्ता गठबन्धनले नेकपा एसलाई वडानम्बर ४ दिएकाले राईलार्इ पुन वडाअध्यक्षको उम्मेदवार बनाउने नेकपा (एस) धरानका अध्यक्ष रेवतकुमार राईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्