
सुर्खेत । नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेसको वीरेन्द्रनगर नगर कार्य समितिले शुक्रबार चार जनाको नाम सिफारिस गरेको थियो ।
नगर कार्य समिति सिफारिस गरेको तीन जनाको नाममा कांग्रेस संस्थापन पक्ष इतरले असन्तुष्टि जनाएपछि थप तीन जनाको नाम सिफारिस गरेर जिल्ला कार्य समितिमा पठाएको हो ।
नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो । नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि क्षेत्रीय कार्य समितिले चार जनाको नाम थप गरेको हो ।
गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीको नाम थप गरेर सात जनाको नाम जिल्ला कार्य समितिमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्