१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘सी’ डिभिजन लिगमा मनोहरा र सानेपाको विजयी सुरुवात


104
Shares

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड क्लब र सानेपा क्लबले विजयी सुरुवात गरेका छन् ।

एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार भएको पहिलो खेलमा मनोहराले विरगंज युथ एकेडेमीलाई ४–० गोल अन्तरले पराजित गर्यो ।

यस्तै दोस्रो खेलमा सानेपाले ओसिस क्लबलाई ३–० ले पराजित गर्दै सुखद सुरुआत गरेको हो । ‘सी’ डिभिजनमा समेत १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिगका शीर्ष दुई टिम ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।